प्रचण्डले कसलाई भने पुनः द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्व ?

नेपालभ्युज

प्रचण्डले कसलाई भने पुनः द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्व ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा पुनः द्वन्द्व चर्काएर फाइदा लिन चाहने तत्वहरु सलबलाइरहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुग्न नदिँदै पुनः द्वन्द्व चर्काउन खोजिएको आरोप पनि लगाए।

माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र प्राप्त उपलब्धिलाई उल्ट्याउन चाहने शक्ति र व्यक्तिहरुबाटै संक्रमणकालीन न्यायलाई अवरुद्ध पार्न खोजिएको समेत बताए।

‘दश वर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो’ उनले स्मरण गराए, ‘०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताबाट देशले शान्तिप्रक्रियामा पाइला चालेको र शान्ति सम्झौतामा उल्लेखित संविधानसभावाट संविधान निर्माण भएको हो।’

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी रहेका विषय चाँडै टुंगोमा पुर्‍याउन  राजनीतिक तहमा समझदारी भएको समेत बताए। ‘शान्ति प्रक्रिया र यसमार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने शक्ति र व्यक्ति अहिले पनि सक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेका छन्’ उनले भने, ‘यो विषय टुङ्गोमा नपुग्दै पुनः द्वन्द्वलाई चर्काएर फाइदा लिन चाहने तत्वहरु बेलाबेलामा सल्बलाउने गरेका छन्।’

राष्ट्रिय मानव अधिकार आयोगलाई २३ वर्ष पार गरेकोमा शुभकामना दिँदै प्रचण्डले आयोगको अन्तराष्ट्रिय वर्गीकरणमा घटुवा गर्ने परिस्थिति बनेकोमा सरकारले त्यस्तो छवि गिर्न नदिन सम्पूर्ण प्रयास गर्ने पनि बताए । सोही कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले अधिकारकर्मीलाई सम्मान पनि गरेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved