रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानिँदै

नेपालभ्युज

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानिँदै

काठमाडौं। रातो मच्छिन्द्रनाथको रथलाई आज सोमवार लगनखेलबाट जावलाखेल तानिँदैछ ।

आज रथ तान्नका लागि हिजो आइतवार बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको मच्छिन्द्रनाथ गुठीले जनाएको छ । आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ ।

रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ । लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्‍याइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved