नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै, ओलीले पनि टिप्पणी गर्ने

ओलीले हिजो शनिबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गर्ने र पास हुन नदिने बताएका छन् । ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने ओलीको जिकिर छ ।

नेपालभ्युज

नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै, ओलीले पनि टिप्पणी गर्ने

काठमाडौं । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि आज आइतबारदेखि छलफल हुँदैछ ।

नीति तथा कार्यक्रममाथि छलफलको लागि आज विहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि टिप्पणी गर्ने भएका छन् ।

ओलीले हिजो शनिबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गर्ने र पास हुन नदिने बताएका छन् । ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने ओलीको जिकिर छ ।

ओलीले भनेका छन्, ‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसावले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसावले निर्देशित गर्न सक्दैन । यसले कुनै डेष्टिनेशननै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन । कहाँ पुग्ने भन्ने कुरै छैन यसमा । यस वर्ष कहाँ पुग्ने ? यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्यो नि । यस वर्ष यति गर्छौ भन्नुपर्‍यो नि । त्यसकारण योत के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो । यस्तो खालको भयो । अलिअलि केही कुराहरु पुरानबाट तानतुन गरिएका छन । यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन । स्विकार योग्य छैन, समर्थन योग्य छैन । बिरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्तावेज पेश हुनु दुःखको कुरा हो । यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको बिरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved