आगामी बजेट नीति तथा कार्यक्रम जस्तो नहोस्ः शंकर पोखरेल

नेपालभ्युज

आगामी बजेट नीति तथा कार्यक्रम जस्तो नहोस्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई ‘न नीति न कार्यक्रम’ को संज्ञा दिएका छन् ।

शुक्रबार राति एक फेसबुक सन्देशमार्फत् उनले आर्थिक वर्ष २०८०/८१ को बजेट यस्तो नबनाउन सरकारलाई सुझाव दिएका छन् । ‘स्वास्थ उपचारपछि आराम गरिरहनुभएका सम्माननीय राष्ट्रपतिको विवशता पट्यारलाग्दो भाषणमा प्रकट भो,’ उनले लेखेका छन्, ‘नीति कार्यक्रमको भन्दा आजको संसदमा तीन कुराको विशेष चर्चा भो- राष्ट्रपतिको सवारी, राष्ट्रपतिको स्वास्थ र राष्ट्रपतिज्यूको सम्बोधनको विवशता ।’

नेता पोखरेले करिब १ घण्टा ४० मिनेट लामो नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम धार्मिक अतिवाद विरोधी कार्यक्रम समेट्न नसकेको चर्चा गरेका छन् । ‘धार्मिक अतिवाद र धर्मान्तरका कारणले नेपाली समाजमा भइरहेको साँस्कृतिक मूल्यको विघटनको असरलाई न्यूनीकरण गर्ने उपाय प्रस्तुत गर्न सकेन,’ उनले लेखेका छन् ।

चरम आर्थिक संकट र मन्दीको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्ने ठोस उपाय प्रस्तुत गरी पीडामा रहेका नागरिकहरुलाई आस्वस्त गर्न नसकेको उनले लेखेका छन् । मुल समस्याबाट विमुख भएको नीति तथा कार्यक्रमलाई सत्तापक्षकै माननीय सदस्यहरुको आफ्नो आलस्यका माध्यमवाट असहमति प्रकट गरेको भन्दै उनले सरकारप्रति व्यङ्ग्य गरेका छन् ।

‘तर जेठ १५ मा आउने आर्थिक वर्ष २०८०/२०८१ बजेटमा चाहि यस्तो नहोस्’ उनको सुझाव छ, ‘बजेटका माध्यमबाट चुनौतीहरुलाई सम्बोधन गरियोस् । विदेश पलायन भइरहेका युवाहरुमा आशा जगाउने काम गरियोस् । बजेटको तयारीमा जुट्नु भएका माननीय अर्थ मन्त्रीज्यूलाई शुभकामना ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved