छोएको भरमा निको बनाउँछु भन्ने भाइरल ‘सीमान्त गुरु’को ‘क्लिनिक’ प्रहरीले गरायो बन्द

बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले भ्रम छर्दै सीधा सोझा नागरिकलाई ठगी गर्दै आएको आरोप छ। आफू भने बिरामी हुँदा डाक्टरमा जाने गरेको उनी स्वीकार गर्छन्।

नेपालभ्युज

छोएको भरमा निको बनाउँछु भन्ने भाइरल ‘सीमान्त गुरु’को ‘क्लिनिक’ प्रहरीले गरायो बन्द

काठमाडौं। हेरेको भरमा जुनसुकै रोग पनि निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल ‘सीमान्त गुरु’ को नामले भाइरल व्यक्तिको ‘क्लिनिक’ प्रहरीले बन्द गराएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको कार्यालय बन्द गरेको हो। ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए।

सर्वसाधारणबाट ठगीको उजुरी आएपछि शुक्रबारबाट बन्द गराएको  बन्द गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले बताए। टिकटक र फेसबुकमा ‘सीमान्त गुरु’ नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा कार्यालय राखेका थिए। त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो।

बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले भ्रम छर्दै सीधा सोझा नागरिकलाई ठगी गर्दै आएको आरोप छ। भिडिओ कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

अरुलाई हेरेको र छोएको भरमा निको पार्ने दाबी गर्ने उनी आफू भने बिरामी हुँदा डाक्टरमा जाने गरेको केसी स्वीकार गर्छन्।
केसी श्रीमती, दुई छोराछोरी र करिब एक दर्जन भोलेन्टियरसहित तारकेश्वरमा बस्दै आएका छन्। उनले आफूलाई अलौकिक शक्ति प्राप्त भएको दाबी गर्दै आएका छन्।
चिकित्शक संघले आँखाले हेरेकै भरमा जस्तोसुकै रोग ठिक पारिदिने भन्दै भ्रम छरेर ठगी गरिरहेका केसीमाथि कारबाहीको माग गरेको छ।
भ्रमको पछि लागेर दैनिक चार सय जना उनीकहाँ पुग्ने गरेको बताइएको छ। यसरी सर्वसाधारणलाई झुक्याएर उनले तीन दिनमै लाखौँ असुलिसकेका छन्।

उपचार जस्तो संवेदनशील कुरामा भ्रम सिर्जना गरिएको भन्दै कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको हो।

ठगी मुद्दा अझै जारी

आफ्नो भट्टराई भए पनि उनको नागरिकता केसी लेखिएको छ। अघि ठगी आरोपमा पक्राउ परि कारागार बसेका उनको मुद्दा अझै जारी छ।
पोखरामा प्रशासन र प्रहरीकै संरक्षणमा रहेर खुलेआम असुली गरेका केसीको चाैँथो पटक नागरिकताको प्रतिलिपि बनाउका छन्। उनी झापा अरामनी गाविसमा जन्मिए पनि मोरङको पथरीमा स्थायी बसोबास गर्दै आएका छन्।

४६ वर्षे भट्टराई केही समय विदेश बसी नेपाल फर्केर मानिसहरूलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए। स्रोतका अनुसार सर्वोच्च अदालमा उनी विरुद्ध अझै ठगीको मुद्दा बाकिँ छ।

सीमान्तले यसअघि सुर्खेतमा प्रति व्यक्ति दुई हजारका दरले दुई हजार बढीसँग पैसा उठाएका थिए। पोखरामा भने गैरकानूनी रूपमा उठाएको एक लाख २३ हजार रुपैयाँ प्रशासनले जफत गरे पनि असुल गर्ने सबैलाई छाडेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved