गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

नेपालभ्युज

गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

नयाँ दिल्ली । भारतीय गो फस्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ ।

यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो । ‘सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्ट उडानहरु रद्द गरिएको छ । यसका लागि कम्पनीले खेद प्रकट गर्दछ’ गो फस्टले भनेको छ, ‘उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ‘

एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ । ‘उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीकार गर्दछौं र हामी सक्दो सहयोग गर्न प्रतिबद्ध छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हालै आफ्नो सञ्चालनको कमजोरी र पुनः उत्थान अन्तर्गत तत्काल समाधानको लागि आवेदन दायर गरेको छ । ‘हामी पुनः र छिट्टै बुकिङ सुरु गर्न सक्षम हुनेछौं । धैर्यताका लागि कम्पनी यात्रुवर्गप्रति आभारी छ ।’ एयरलाइन्सले भनेको छ । एनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved