लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयता जोखिममा :अध्यक्ष नेपाल

नेपालभ्युज

लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयता जोखिममा :अध्यक्ष नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्  । सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। उनले अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले कम्युनिष्टहरु एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको बताए । अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए ।

‘लोकतन्त्र जब संकटमा पर्न थालेको छ, गणतन्त्र जब संकटमा पर्न थालेको छ, संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यक्ता छ’ उनले भने, ‘कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविका, सामाजिक न्याय, समानता,  विकास रसमृद्धिको झण्डा हो ।  यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ । विकास हामी बोकिरहेका छौँ तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसंगति अहिले पनि विद्यमान छन् ।’

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved