सेवाग्राही ठग्ने लेखापढी पक्रिँदै प्रशासन, अधिकांश सटर बन्द

नेपालभ्युज

सेवाग्राही ठग्ने लेखापढी पक्रिँदै प्रशासन, अधिकांश सटर बन्द

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो ।

सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको सुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरूबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकमसमेत फिर्ता गराएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन् ।

उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताइन् । सो रकमसमेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताइन् ।

यसैबीच, सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ । उसले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ ।- रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved