नक्कली शरणार्थी प्रकरण

‘यो त ट्रेलर मात्रै हो, सिंगो फिल्म हेर्न बाँकी नै छ’ : प्रधानमन्त्री

नेपालभ्युज

‘यो त ट्रेलर मात्रै हो, सिंगो फिल्म हेर्न बाँकी नै छ’ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका हुन् ।

कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउँदै उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने कुरा ट्रेलर मात्रै
रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए। उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो
प्रक्रिया शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ । त्यसपछि
पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गर्जिन सके बहुमतमा पुग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved