रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

नेपालभ्युज

रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगीलाई चयन गरेको छ ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु’, उनले भने, ‘निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।’

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved