अझै केही दिन निरन्तर पानी पर्ने सम्भावना

नेपालभ्युज

अझै केही दिन निरन्तर पानी पर्ने सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं । अझै केहि दिन मौसम नखुल्ने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको ।

आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । काठमाण्डौमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको छ । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved