दुईवटा जहाज एकापसमा ठोक्किए, एकको मृत्यु, तीन बेपत्ता

नेपालभ्युज

दुईवटा जहाज एकापसमा ठोक्किए, एकको मृत्यु, तीन बेपत्ता

मनिला । फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा दुईवटा बोकेका जहाज एकापसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।

फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाज मध्येएउटा सिएरा लियोन ध्वजा वाहाक जहाज दर्घटनामा पल्टिदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ ।

त्यसैगरी पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved