रफाहमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालतको आदेश, इजरायलले भन्यो- न्यायाधीश घर फर्किदैंनन्

नेपालभ्युज

रफाहमा आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालतको आदेश, इजरायलले भन्यो- न्यायाधीश घर फर्किदैंनन्

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि क्रोधित प्रतिक्रिया दिएका छन् ।

उनीहरूले यसलाई अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले रफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।

इजरायली ट्याङ्कहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन्।

इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने न्यायाधीश लेबनानी भएको र यदि उनले ‘गलत रूपमा’ आदेश दिएको भए सुरक्षित रूपमा घर फर्कन नसक्ने चेतावनी दिए ।

आईसीजेले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो।

आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो ।

आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र प्यालेस्टिनीहरूका लागि खतरा रहेको बताएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यस आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी गाजा सहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारबाही नगरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved