भारतको दिल्लीसहितका आठ राज्यमा मतदान चल्दै

नेपालभ्युज

भारतको दिल्लीसहितका आठ राज्यमा मतदान चल्दै

काठमाडौं । भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान हुँदैछ । एक केन्द्र शासित प्रदेशसहित आठ राज्यमा मतदान भइरहेको छ ।

आज ५८ सीटका लागि मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ । आज दिल्लीका सात, हरियाणाका १०, बिहारका आठ, जम्मु कश्मीरको एक र झारखण्डको चार सिटका लागि मतदान हुँदैछ ।

यस्तै आजै ओडिशाका ६, उत्तर प्रदेशको १४ र पश्चिम बङ्गालको आठ सिटमा पनि मतदान भइरहेको छ । ओडिशामा भने लोकसभासँगै विधानसभाको ४२ सिटका लागि पनि मतदान भइरहेको छ । सात चरणमा हुने भारतको आम चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको हो ।

अन्तिम तथा सातौँ चरणको मतदान जुन १ मा हुनेछ । जुन १ मा बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बङ्गाल, चण्डीगढ गरेर ८ राज्यका ५७ सिटका लागि मतदान हुनेछ । मतदान सकिएपछि जुन ४ तारिखदेखि सबै क्षेत्रको मतगणना शुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved