आईपीएल : लखनउले पञ्जावलाई हरायो

नेपालभ्युज

आईपीएल : लखनउले पञ्जावलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

गएराति मोहालीमा भएको खेलमा लखनउले पञ्जावलाई ५६ रनले हरायो । लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका अथर्व ताइडेले ६६ रनको अर्धशतकीय पारी खेले । लखनउका यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।

लखनउका मार्कस स्टोइनेसले सर्वाधिक ७२ रन जोडे । कायल मेयर्सले ५४ रन बनाए ।

जितसँगै आठ खेलमा पाँच जितसहित लखनउ दोस्रो स्थानमा पुगेको छ । पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved