नेपालले जोर्डनलाई ४-१ गोलले हरायो

नेपालभ्युज

नेपालले जोर्डनलाई ४-१ गोलले हरायो

काठमाडौं। एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले जोर्डनलाई हराएको छ । प्रिन्स मोहमद स्टेडियममा शुक्रबार नेपालले आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा सुक्रिया मियाले दुई गोल गरिन् । वर्षा ओली र माया मास्केले एक एक गोल गरिन् । जोर्डनका लागि पानिसा पिसदरले एक गोल फर्काईन् ।

छनोटमा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको थियो । यस समूहमा नेपाल, जोर्डन र इरान रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved