एजेन्सी । आफ्नो मनको कुरा भन्ने देखि लिएर पार्टनरलाई फकाउन धेरैजसो व्यक्ति गुलाफको फूलको सहयोग लिने गर्छन् ।
संसारमा कैयौंप्रकारका गुलाफ पाइन्छन् । तर, के तपाईंलाई थाहा छ यीमध्ये सबैभन्दा महंगो गुलाफ कुन हो ?
यदि थाहा छैन भने आज त्यो गुलाफको नाम र मूल्यका बारेमा जानौं । जो गुलाफका बारेमा हामी बताउन गइरहेका छौं, त्यो एकदमै कमै मात्रामा पाइन्छ ।
यो गुलाफको मूल्य हजारौं वा लाखौंमा नभएर करोडौंमा हुन्छ । तपाईंले देख्नुभएको होला आमरुपमा गुलाफ दुईचार दिनमा ओइलिने गर्छ । तर, संसारको सबैभन्दा महंगो गुलाफ लगभग तीन वर्षसम्म ओइलाउँदैन ।
सबैभन्दा महंगो गुलाफको नाम ‘जुलियट रोज’ हो । भनिन्छ, यो फूलको बारेमा सन् २००६ मा सबैभन्दा पहिलोपटक पत्ता लागेको थियो ।
जुलियट रोजको मूल्य करीब दुई अर्ब अर्थात १५.८ मिलियन डलर पर्दछ । चर्चित रोज ब्रीडर डेविड आस्टिनले सबैभन्दा पहिलोपटक यसलाई उमारेका थिए ।
डेविडले धेरै गुलाफ मिलाएर यो ‘रोज’ तयार गरेका थिए । भनिन्छ यो ‘जुलियट रोज’ उम्रनका लागि करीब १५ वर्षको समय लागेको थियो ।
जानकारीका अनुसार, यो गुलाफ उमार्न पाँच मिलियन डलर अर्थात करीब ५५ करोड रुपैयाँ खर्च भएको थियो । पहिलोपटक जुलियट रोजलाई १४४ करोडमा बेचिएको थियो ।
जुलियट रोजको सुगन्ध एकदमै हल्का तथा आकर्षक खालको हुन्छ । साथमा यसको डिजाइन पनि एकदमै अनौठो हुन्छ । यो फूलमा करीब ४० वटा पत्र हुन्छन् ।
Facebook Comment
Comment