गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पाण्डे माओवादी केन्द्रसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

नेपालभ्युज

गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डे माओवादी केन्द्रसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको थियो । यसअघि एमालेका खगराज अधिकारीको नेतृत्वमा बनेको सरकार गत वैशाख ९ गते ढलेको थियो । आफूलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार शनिवार विश्वासको मत लिएका अधिकारी मत नपाएसँगै स्वत: पदमुक्त भएका हुन् ।

त्यसपछि गठबन्धनले सरकार गठनको प्रक्रिया अगाडि बढाएको हो ।

यसअघि त्यहाँ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved