मौसम सफा, फेरि प्रदुषण बढ्ने अनुमान

नेपालभ्युज

मौसम सफा, फेरि प्रदुषण बढ्ने अनुमान
फाइल तश्वीर

काठमाडौं । पश्चिमी वायुको प्रभाव कम भएसँगै देशभरको मौसम सफा भएको छ ।

दिउँसोपछि भने पहाडी जिल्लामा मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम अबको तीन दिनसम्म नै सामान्यतया सफा रहने अनुमान छ । स्थानीय र पश्चिमी  वायुको प्रभावका कराण दिउँसोपछि भने काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ ।

यसैबीच, केही दिन अघि परेको वर्षाका कारण तुवाँलो केही हटेको छ । तर, फेरि तत्काल वर्षाको सम्भावना नरहेकाले प्रदुषण बढ्ने अनुमान गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved