विनाशकारी भूकम्पको ८ वर्षसम्म पनि टेकोकै भरमा घर, हटेन त्रास (तस्वीरहरू)

सरकारले चासो नदिँदा वसन्तपुर, असन, नयाँ सडकलगायतका क्षेत्रमा कैयौं घर अझै टेकोकै भरमा छन् । तिनै टेको लगाइएका घरमा व्यापार-व्यवसाय पनि चलिरहेको छ ।

नेपालभ्युज

विनाशकारी भूकम्पको ८ वर्षसम्म पनि टेकोकै भरमा घर, हटेन त्रास (तस्वीरहरू)

काठमाडौं । महाभूकम्प गएको ८ वर्ष पूरा भयो । ०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले ठुलो क्षति गरेको थियो । झन्डै ९ हजार मानिसको मृत्यु भयो भने लाखौं संरचना भत्किए ।

भत्किएका धेरै संरचना बनेपनि काठमाडौंका केही संरचना अझै टेकोकै भरमा छन् । घर तथा मन्दिर, पौवा पुन:निर्माण हुन सकेको छैन । यसको असर घरधनीलाई त छँदैछ, सँगै काठमाडौंमा अस्थायी बसोबास गरिरहेकालाई पनि छ ।

सरकारले चासो नदिँदा वसन्तपुर, असन, नयाँ सडकलगायतका क्षेत्रमा कैयौं घर अझै टेकोकै भरमा छन् । तिनै टेको लगाइएका घरमा व्यापार-व्यवसाय पनि चलिरहेको छ । धेरैले जीविकोपार्जन पनि चलाउँछन् ।

हेर्नुहोस तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved