सकियो मतदान, मत र उत्साह दुवै घट्यो

नेपालभ्युज

सकियो मतदान, मत र उत्साह दुवै घट्यो

काठमाडौं। आज भएको प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको हो।

निर्वाचन अधिकारीहरूका अनुसार तनहुँ १ मा ५१ प्रतिशत मत खसेको छ भने चितवनमा ५९ प्रतिशत र बारामा ५६ प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको छ।

मतदान सकिए पनि मतगणना भने तत्काल हुने देखिन्न । तनहुँको मतगणना जिल्ला समन्वय समितिको हलमा हुनेछ भने चितवनको भरतपुर र बाराको कलैयामा हुनेछ।

गत मंसिर ४ मा भएको चुनावमा यी तीनै क्षेत्रमा बढी मत खसेको थियो। आजको मतदान केही छिटपुट घटनाबाहेक सामान्य रहेको तर मतदाताको उत्साह भने कम देखिएको बुझिएको छ। मंसिर ४ मा भन्दा कम मत खसेको देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved