हावाहुरीका कारण बन्द चन्द्रागिरि केबुलकार पुनः सञ्चालनमा

नेपालभ्युज

हावाहुरीका कारण बन्द चन्द्रागिरि केबुलकार पुनः सञ्चालनमा

काठमाडौं। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबुलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ।

शुक्रबार अपराह्न ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केबुलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो।

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केबुलकार पुनः सञ्चालनमा आएको छ।

प्राविधिक परीक्षणका क्रममा केबुलकार सेवा बन्द हुँदा यात्रुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा माग्दै  केबुलकार पुनः सञ्चालनमा आएको जानकारी दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved