चितवनको मतगणनास्थलमा तारजाली

आज आइतबार हुने चितवन–२ को उपनिर्वाचनको मतदानलगतै हुने मतगणनाको पनि तयारी पुरा भएको छ। भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छ।

नेपालभ्युज

चितवनको मतगणनास्थलमा तारजाली
फाइल फोटो

चितवन। आज आइतबार हुने चितवन–२ को उपनिर्वाचनको मतदानलगतै हुने मतगणनाको पनि तयारी पुरा भएको छ। भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने भएको छ।

गर्मी निकै बढेका कारण मतदान केन्द्रमा घाम छेक्न टेन्टको पनि व्यवस्था गरिएको छ। साथै सुरक्षित तवरमा मतगणना सम्पन्न गर्न गणक र दलका प्रतिनिधिबीच तारबारको घेरा तयार गरिएको छ।

चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए। सबै मतदान स्थलमा मतदान केन्द्रहरू तयार भइसकेको चितवन–२ का सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।

मतपेटीकाहरू संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने बारेमा निर्णय लिने आचार्यले बताए। सुरू भएको दुई दिनभित्र गणना सक्ने तयारी गरेको उनको भनाइ छ । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved