चुनावको एक दिनअघि सिके राउतले भने-‘उपेन्द्रले बुथ लुट्न सक्छन्’

नेपालभ्युज

चुनावको एक दिनअघि सिके राउतले भने-‘उपेन्द्रले बुथ लुट्न सक्छन्’

काठमाडौं। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बारा २ मा आइतबार हुने उपनिर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले बुथ लुट्ने योजना बनाएको आरोप लगाएका छन्।

सत्ता गठबन्धनको तर्फबाट उपेन्द्र यादव आफैँ उम्मेदवार रहेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ भित्रका नामै लिएर राउतले यी बुथ लुट्ने भनेको बताएका छन् । उनले बुथहरूमा अनुगमनका लागि पत्रकारलाई निम्तोसमेत दिएका छन्।

सामाजिक सञ्जालमा राउतले भनेका छन्-‘यी बुथहरू जसपाले लुट्नका लागि तयारी गरेका छन्। पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो।’

बुथ कब्जाका लागि प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेको, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानका लागि तम्तयार भएको समेत उनको आरोप छ। ‘गाउँहरू अहिलेदेखि नै पनि कब्जामा छन्, प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेका छन् ।’ उनले भनेका छन् :

राउतले जसपाले लुट्न लागेको भनेका बुथहरू:
देवताल-२ गमहरिया (दिनदहाडै कब्जा हुने बुथ)
देवताल-३ झिटकैया (दिनदहाडै कब्जा हुने बुथ)
देवताल-७ रमपुरवा
देवताल-६ रौवाही
सुवर्ण गा.पा. – ७ सनफुलवा (दिनदहाडै कब्जा हुने बुथ)
सुवर्ण गा.पा. – ३ सतगंज/जमुनिया (दिनदहाडै कब्जा हुने बुथ)
सुवर्ण गा.पा. – २ कबही
सुवर्ण गा.पा. – ८ हर्दिया
पचरौता न.पा. – ४ बेलदारी (दिनदहाडै कब्जा हुने बुथ)
पचरौता न.पा. – २ श्रीनगर
करैयामाई गा.पा. – ३ गालोपट्टी वजनी (दिनदहाडै कब्जा हुने बुथ)
करैयामाई गा.पा. – ६ सहजौली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved