विचार र सिद्धान्त नभएको चटकेले जनता झुक्याउन थाले : डा. भट्टराई

नेपालभ्युज

विचार र सिद्धान्त नभएको चटकेले जनता झुक्याउन थाले : डा. भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बिचार र सिद्धान्त नभएका चटकेले जनता झुक्याउने अवस्था आएको भन्दै लोकतन्त्र पक्षधरले चनाखो हुनुपर्ने कुरा औंल्याएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. भट्टराईले उक्त विचार व्यक्त गरेका हुन् । उनले एजेन्डा र सिद्धान्त नभएको चटकेले म आएपछि सबै ठिक गर्दिन्छु भन्दै सोझा जनतालाई भ्रम छरेको टिप्पणीसमेत गरे।

उनले दक्षिणतिरबाट बगेको हावा डरलाग्दो रहेको र झट्ट हेर्दा नदेखिए पनि त्यसले असर गर्ने पनि बताए ।

कुनै विचार धारा नभएको र सिद्धान्त नभएको व्यक्तिले पपुलिजमका रुपमा देशका गम्भीर समस्याको कुनै विश्लेषण नगरी जनतालाई आश्वासन दिँदै हिडेको उनको भनाइ थियो। ‘म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरिबीले बाध्य भएर विदेशियका जनता त्यसैलाई ताली पिट्छन्’ उनले भने-‘के त्यो जादुगर हो ? यस्तो चटकेहरूले केही गर्न सक्दैनन्।’

डा. भट्टराईले हिजोको माओवादी धारका क्रान्तिकारीहरूलाई गाली गरेर जनतामा भ्रम छर्नेहरूबाट लोकतन्त्र खतरामा पर्नसक्ने समेत औंल्याए । उनले कम्युनिस्ट दलहरू अब एक भएर समाजवादी बाटोमा हिँड्न नसके अहिलेको व्यवस्था नै खतरामा पर्ने संकेत देखिसकेको समेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved