आजै ढल्न सक्छ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार !

विश्वासको मत पाउने सम्भावना न्यून

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन जुटाउनुपर्छ ।

नेपालभ्युज

आजै ढल्न सक्छ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार !

काठमाडौं। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज शनिवार (आज) विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमार्फत मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने न्यून छ । मुख्यमन्त्रीलाई आफ्नै सचिवालयले समेत विश्वासको मत नपाइने भएकाले राजीनामा दिन नै सुझाएको बताइन्छ । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने प्रक्रियामा गए तर विश्वासको मत पाउन सकेनन् भने उनी स्वतः सरकारको नेतृत्वबाट बाहिरिने छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन जुटाउनुपर्छ ।

६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved