स्वर्णिमले जित्ने घोषणा गरेको भन्दै गोविन्द भट्टराईले दिए आयोगमा उजुरी

नेपालभ्युज

स्वर्णिमले जित्ने घोषणा गरेको भन्दै गोविन्द भट्टराईले दिए आयोगमा उजुरी

काठमाडौं। बैशाख १० को निर्वाचनको मौन अवधी शुरु भैसक्दा एक अनलाइनले उपचुनावमा मतदातालाई भ्रम पार्ने गरी जनमत सर्भेक्षण सार्वजनिक गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिएका छन्।

तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले अनलाईनको नामै किटान गरी निर्वाचन आयोगमा उजुरी दिएका हुन्। सो अनलाइनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको प्रक्षेपण गरेको उनको आरोप छ।

मतदातालाई प्रभावमा पार्ने गरी घण्टीबाहक उम्मेद्वारको पक्षमा माहोल बनाउन निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको भट्टराईको आरोप छ।

उनले दिएको उजुरीमा भनिएको छ, ‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड। (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved