भारतको जनसंख्या चीनको भन्दा बढी, ३ सय वर्षसम्म शीर्ष स्थानमा रहने

नेपालभ्युज

भारतको जनसंख्या चीनको भन्दा बढी, ३ सय वर्षसम्म शीर्ष स्थानमा रहने

काठमाडौं। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ( यूएनएफपी ) अनुसार चीनलाई उछिन्दै भारत संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्न पुगेको छ।

कोषका अनुसार अहिले चीनको जनसंख्या करिब १ अर्ब ४२ करोड ५७ लाख छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ८६ लाख छ । अर्थात् चीनको भन्दा भारतको जनसंख्या करिब २९ लाखले बढी भएको छ । कोषको पूर्वानुमानअनुसार अब करिब ३०० वर्ष भारत संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश भइरहने छ ।

चीनको जनसंख्या सन् २०२२ देखि घट्न थालेको हो । सन् २०४० सम्म चीनको जनसंख्या निरन्तर घट्ने र करिब १ अर्ब १३२ करोडमा झर्ने छ। तर, भारतको जनसंंख्या भने सन् २०६० सम्म निरन्तर बढ्ने र करिब १ अर्ब ६५ करोड पुग्नेछ ।

चीनको जनसंख्या घट्दो र भारतको जनसंख्या बढ्दो क्रममा भएको हुँदा भारत आगामी ३ शताब्दिसम्म यसको प्रभाव रहन सक्ने कोषले अनुमान गरेको हो । तेस्रो स्थानमा रहेको अमेरिकाका जनसंख्या करिब ३३ करोड मात्र छ ।

सन् २०२२ मा जनसंख्या घट्न थाल्नुअघि चीनको जनसंख्या निरन्तर वृद्धिमा थियो । सन् १९८० देखि सन् २०१६ सम्म करिब ४ दशक चीनले ‘एक बच्चा नीति’ अवलम्बन गरेको थियो । कोषका अनुसार विश्वको जनसंख्या ८ अर्बभन्दा माथि पुगेको छ।

भारतमा करिब ९२ करोड मतदाता छन् । तसर्थ, संसारको सबैभन्दा ठूलो लोकतन्त्रको अभिलेख भारतको नाममा कायमै रहने छ ।

मानवशास्त्रीहरूका अनुसार अहिलेको होमोसेपियन्स प्रजाति मानवको उत्पत्ति करिब २ लाख वर्षअघि मध्यअफ्रिकामा भएको थियो । १ वर्ष जनसंख्या पुग्न १ लाख ९९ हजार ८०० वर्ष लागेको थियो। पछिल्लो करिब २ सय २२ वर्ष विश्व जनसंख्या १ अर्बबाट ८ अर्ब पुगेको हो ।

करिब १ लाख वर्ष पहिले होमोसेपिन्स पुर्खाहरू विश्वका विभिन्न भागमा छरिन थालेका थिए । हिउँ युगमा महादेशहरू हिउँले जोडिएका थिए । तसर्थ, मानव जाति संसारको महादेशमा छरिन सकेको थियो । पछि महदेशीय हावापानीको प्रभावले फरक-फरक नश्ल विकसित भएका थिए ।

चीन संसारको दोस्रो र भारत पाँचौं ठूलो अर्थतन्त्र हो । जनसंख्या र अर्थतन्त्रको आकारले चीनजस्तै भारत पनि विश्व महाशक्ति हुन सक्ने सम्भावनालाई बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved