गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि विरोध प्रदर्शन (तस्वीरहरू)

नेपालभ्युज

गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि विरोध प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। नागरिक समाजका अगुवा र मिटर ब्याजीपीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै आज पनि विरोध प्रदर्शन गरेका छन्।

माग पूरा गर्नका लागि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीको लाठी प्रहारबाट सोमबार मिटरब्याज पीडितहरू घाइते भएको भन्दै सोही विरोधमा पनि प्रदर्शन गरेका हुन्।

उनीहरूले आफ्ना माहरू राख्दै आज पनि गृहमन्त्री  श्रेष्ठविरुद्ध चर्को नारा लगाएका छन्।

आन्दोलनमा उत्रिएका उनीहरूले राज्यले जति दमन गरे पनि माग पूरा नभई घर नफर्किने बताए । मिटर ब्याज तथा ठगीविरुद्ध आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अमानवीय दमन गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved