दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

नेपालभ्युज

दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं। भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। उनलाई अहिले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार सुरु गरिएको छ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो। राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved