रविका सवारी चालक थापालाई मेडिसिटि ल्याइयो

नेपालभ्युज

रविका सवारी चालक थापालाई मेडिसिटि ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु थापालाई चिवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको  छ ।

थापालाई मंगलबार एयरलिफ्टबाट थप उपचारका लागि मेडिसिटी  ल्याइएको सभापति लामिछानेले  सामाजिक संजालमाफर्त जानकारी दिएका छन्  ।

उनका अनुसार  हाल थापाको स्वास्थ्य आवस्था स्थिर र सुधारोन्मुख रहेको छ । उनको यसअघि चितवनस्थि पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो ।

सोमबार विहान ३ बजे थापा लामिछानेको  चितवनस्थित घरको छटबाट खसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved