नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

दिउँसो २ बजे हुनुपर्ने पुनः मतदान अगाडी सर्वसम्मत नेतृत्व चयनको प्रयास हुँदा उमेशले अञ्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

नेपालभ्युज

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन्। प्रतिस्पर्धी उमेशलालले श्रेष्ठले दाबी छाडिदिएपछि अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

बुधबार भएको पहिलो चरणको मतदानमा तीनजना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि आज दुई जनाबीच मतदान हुने कार्यतालिका थियो।

दिउँसो २ बजे हुनुपर्ने पुनः मतदान अगाडी सर्वसम्मत नेतृत्व चयनको प्रयास हुँदा उमेशले अञ्जनलाई समर्थन गरेपछि सहमति भएको हो ।

तीन प्रतिस्पर्धीमध्ये रामचन्द्र सांघाई आउट भएपछि दोस्रो चरणमा उमेश र अञ्जनबीच प्रतिस्पर्धा हुँदै थियो । तर, लामो छलफलपछि उमेश पछि हटेसँगै अञ्जनले बाजी मारेका हुन्।

निर्वाचन स्थल कमलादीबाट सर्वसम्मतिको वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित निर्वाचित टिमको घोषणा हुँदैछ । अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदा सबैभन्दा थोरै मत संघाईले ल्याएका थिए ।

पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ प्रतिशत मत पाएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved