आईएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर

नेपालभ्युज

आईएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ अफर

काठमाडौं। आईएमई ग्रुपअन्तर्गत ‘आईएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आईएमई पे’ ले वालेट–टु–वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।

२९ चैतदेखि २६ भदौसम्म चल्ने उक्त अफरमा ग्राहकले आईएमई पेमा वालेट टु वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच जित्ने मौका पाउनेछन् ।

कम्पनीका अनुसार ५ महिनासम्म चल्ने उक्त अफरअन्तर्गत प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनोट गरिनेछ । अफरअन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिनेछ ।

यस अफर अवधिभर वालेट टु वालेट ट्रान्सफर गर्ने सबै ग्राहकले उक्त पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकवर्गमा वालेट टु वालेट ट्रान्सफर सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै ग्राहकलाई विद्युतीय भुक्त्तानीको माध्यमबाट कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved