नयाँ वर्ष २०८० को अवसरमा आईएमईको ‘७ मा ७’ अफर

नेपालभ्युज

नयाँ वर्ष २०८० को अवसरमा आईएमईको ‘७ मा ७’ अफर

काठमाडौं। आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयााँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कु ल २८ भाग्यशाली विजेताहरूलाई उपहारस्वरूप जनही नगद रु ७ हजार प्रदान गर्नेछ । उक्त योजना २०८० वैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहेका नेपालीहरूले आईएमई वा आईएमईका साझेदारहरूमार्फत पठाएको रकम आईएमई पे, बैंक डिपोजिट तथा आईएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सकिनेछ ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved