महासंघको वरिष्ठ उपाध्यक्ष पदमा फेरि निर्वाचन हुने

नेपालभ्युज

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा फेरि निर्वाचन हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा फेरि निर्वाचन हुने भएको छ।

तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो हुनेका बीचमा पुनः निर्वाचन हुन लागेको हो। तीन उम्मेदवार मध्य प्रत्यासी रामचन्द्र संघाई प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मतको आधारमा पहिलो भएका अञ्जन श्रेष्ठ र दोस्रो भएका उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो।

हिजोको मतदानबाट अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१. ७१ प्रतिशत मत पाए ।

३०.४६ प्रतिशत मत पाएका संघाई दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved