मोदीलाई सुमनाको प्रश्न- खराब कामका कारण कतिजना कर्मचारी निलम्बनमा परे ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई निजामती सेवाबारे ८ प्रश्न गरेकी छन् ।

नेपालभ्युज

मोदीलाई सुमनाको प्रश्न- खराब कामका कारण कतिजना कर्मचारी निलम्बनमा परे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई निजामती सेवाबारे ८ प्रश्न गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा भाग लिँदै सांसद सुमनाले यी प्रश्नहरू गरेकी हुन् ।

उनले ‘ब्याड पफमेन्स’का कारण कतिजना कर्मचारी निलम्बनमा परेका छन् ? भनेर प्रश्न गरेकी छन् । डेटाबेसमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले भनेकी छन्, ‘यी प्रश्नहरूको डेटा पाउँ ।’

सांसद सुमनाले सोधेको प्रश्नहरू यसप्रकार छन् ।

♦ अतिरिक्त बजेटबाट कतिजना कर्मचारीको तलब जाँदैछ ?

♦ लोकसेवापछि प्लेसमेन्टको एभरेज समय कति छ ?

♦ मन्त्रालयको प्लेसमेन्टपछि विभाग र शाखाको प्लेसमेन्टको समय कति ?

♦ हामीले हाम्रो कर्मचारी मोटिभेशनको प्रक्रिया के-कस्तो छ ?

♦ हामीले कुनै ठाउँ पठाउँदाखेरि एक्ज्याक्ट टीओआर दिन्छौँ कि दिँदैनौँ ?

♦ मूल्याङ्कनको फम सबै विभागहरूमा एउटै छ भनेर सुनिन्छ, यो के हो ?

♦ सुगम र दुर्गमको यूनियनको आधारमा डिस्ट्रिब्यूसनबारे डेटा पाउँ ।

♦ र, अहिलेसम्म ‘ब्याड पफमेन्स’का कारण कतिजना निलम्बनमा परे ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved