कर्णाली प्रदेश : एमालेद्वारा समर्थन फिर्ता, मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिनुपर्ने

प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । 

नेपालभ्युज

कर्णाली प्रदेश : एमालेद्वारा समर्थन फिर्ता, मुख्यमन्त्रीले तेस्रोपटक विश्वासको मत लिनुपर्ने

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सरकारबाट बाहिरिएको एमालेले सोमबार समर्थन फिर्ता लिएको हो ।

यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा (माओवादी केन्द्र) राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो भने १७ चैत्रमा दोस्रोपटक मत दिएको थियो ।

तर, नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले आफूहरू सरकारबाट अलग भएको एमाले नेताहरूले बताएका छन् ।

प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् । योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved