देशको रक्षाका लागि प्रतिबद्ध छौँ : उपप्रधानमन्त्री खड्का

देशको रक्षाका लागि प्रतिबद्ध छौँ : उपप्रधानमन्त्री खड्का

सुर्खेत। ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री खड्काले बताएका हुन् ।

राष्ट्रियतका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए । ‘हाम्रो मुलुकको भू–भाग यो हो भनेर नक्सा पारित गरेका छौँ । त्यो समस्याको समाधान दुइपक्षीय कुटनीतिक वार्ताद्वारा त्यसको समाधानको प्रक्रिया अगाडि बढछ ।’

भारतसँगको सिमा विवाद बारे उनले भने, ‘त्यसलाई अन्य ढंगबाट समाधान गर्ने बाटोतिर अघि बढ्यौं भने हामी अप्ठेरोमा पर्ने बाटोमा जान्छौं । यो कुरा उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय होइन ।

उनले धैर्यवान भएर, इतिहासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्ने बताउँदै यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै नभई नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध रहेको बताए ।

खड्काले  मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको उपप्रधानमन्त्री बताए ।

कर्णाली प्रदेश सरकार केन्द्रकै गठबन्धन अनुसार बनाइने बताउँदै चाँडै सरकारका बारेमा आवश्यक निर्णय हुने पनि उनले बताए ।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको र कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको छ ।’ उनले भने,‘यो सरकारले त्यसबाट मुक्ति दिलाउन आवश्यक नीति, कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गर्नेछ ।’

अब कर्णालीको विकासका लागि केन्द्रबाट प्रयाप्त बजेट पाउने समेत उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved