कर्णालीको स्वाथ्य क्षेत्रमा सुधार हुँदै

नेपालभ्युज

कर्णालीको स्वाथ्य क्षेत्रमा सुधार हुँदै

सुर्खेत। कर्णालीमा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको छ । कर्णालीमा विगतका वर्षभन्दा अहिले नागरिकहरुमा स्वास्थ्यको पहुँच बृद्धि हुँदै गएको पाइएको हो।

स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बृद्धिका कारणले मातृ मृत्युदर, कुपोषण, गर्भनिरोधक प्रलचन दर र अस्पतालमा स्वास्थ्य जाँच गराउने संख्यामा बृद्धि हुँदै गएको पाइएको छ।

विश्व स्वास्थ्य दिवसका अबसरमा कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले गरेको कार्यक्रममा कर्णालीमा स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बृद्धि भएको पाईएको छ।
प्रति एक हजार जीवित जन्ममा पाँच वर्षमुनिको मृत्युदर सन् २०१६ मा कर्णालीमा ५८ प्रतिशत, सन् २०१९ मा ३० प्रतिशत रहेकोमा सन् २०२२ मा त्यो घटेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

नवजात शिशु मृत्यु दर प्रति एक हजार जीवित जन्ममा घटेको, प्रति १ लाखमा जीवित जन्ममा मातृ मृत्यु दर घटेको, ५ वर्ष मुनिका बालबालिकामा कुपोषणको प्रचलन दर घटेको, ५ वर्ष मुनिका बालबालिकामा स्टन्टिङको प्रचलन बढेको, दक्ष स्वास्थ्यकर्मीहरुले उपस्थित जन्म दरको अनुपात बढेको, गर्भनिरोधक प्रचलन दर बढेको, सडक दुर्घटनाको कारण मृत्यु दर घटेको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘विगत २५ बर्षको अबधिमा हामीले नवशिशु, शिशु, बाल तथा मातृ मृत्युदरमा उल्लेख्य कमी ल्याउन सफल भएका छौ भने पोषणको अवस्थामा केही सुधार भएको छ ।’ उनले भने,‘खोप लगाउने बालबालिकाहरुको संख्यामा अनपेक्षित उपलब्धी भएको छ भने स्वास्थ्य क्षेत्रमा सुत्केरी हुने महिलाको संख्या पनि बढ्दै गएको छ ।’

कर्णाली प्रदेशमा मानव विकासलगायत स्वास्थ्यका मुख्य सूचकहरु अन्य प्रदेशको तुलनामा न्यून रहेको र सर्ने रोगहरुको प्रकोप निरन्तर रहेको तथा दिनानुदिन नसर्ने रोगका विरामीहरुको संख्या बढ्दै गएको निर्देशक डा. खड्काले बताए । ‘नसर्ने रोगको रोकथाम नियन्त्रण तथा पर्याप्त उपचारका लागि सुविधा सम्पन्न व्यवस्था हुन सकेका छैन् ।’ उनले भने,‘कर्णालीको विशेष भौगोलिक अवस्थाका कारण हरेक बर्ष प्राकृतिक प्रकोप, सडक दुर्घटना, रुख तथा भीरबाट खसेर हुने चोटपटकको उचित उपचार तथा पुर्नस्थापना हुन सकेको छैन् ।’

तीन तहका सरकार बीच आपसी समन्वय, सहकार्य तथा अन्तरसम्बन्ध सुदृढ हुन नसक्दा स्वास्थ्य बीमालगाएतका केही कार्यक्रम प्रभावित हुन पुगेको निर्देशक डा. खड्काले बताए । ‘दीर्घ तथा गम्भीर प्रकृतिका रोगको उपचार व्यक्ति स्वयंले आफ्नै खल्तीबाट खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले भने,‘खाद्य पदार्थ विशेषगरी तरकारी तथा फलफूलमा अत्धयिक विषादीको प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको अवस्था छ ।’
दरवन्दी अनुसार थप जनशक्तिको व्यवस्थापन गर्न नसक्दा केही समस्या भएको निर्देशक डा. खड्काले जानकारी दिए । ‘मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन विशेष कार्यक्रमको निर्माण गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘नसर्ने रोगहरुको रोकथाम तथा मानसिक स्वास्थ्य कार्यक्रमको विस्तार गर्न आवश्यक छ ।’
कुपोषण रोकथाम, उपचार तथा एकीकृत व्यवस्थापन, स्थानीय रैथाने खाद्य वस्तुमा आधारित पूरक पैष्टिक आहार कार्यक्रम लागु गर्नपर्ने निर्देशक डा. खड्काले सुझाव दिए । ‘स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘धुम्रपान, मध्यपान, लागू औषध र अखाद्य वस्तुसँग सम्बन्धित कार्यक्रम गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनुपर्छ ।’

स्वास्थ्य संस्थाबाट न्यूनतम सेवा मापदण्ड कार्यक्रम विस्तार र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणाली हुनुपर्नेमा निर्देशक डा. खड्काले बताए । ‘गुणस्तरीय आधारभूत, आकश्मिक र विशेषज्ञ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘आयुर्वेद औषधिको उत्पादन वजारिकरण र सेवाको विस्तार, स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धान हुनुपर्छ ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved