नेप्सेमा फेरि ८.२८ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

नेपालभ्युज

 नेप्सेमा फेरि ८.२८ अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौं। बिहीबार बजार परिसूचक नेप्सेमा ८.२८ अंकले घटेको छ । बुधबार ८.३९ अंकले वृद्धि भएको नेप्से साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से १८६६.७८ अंकमा आएर बन्द भएको हो ।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। २३ हजार ३८८ वटा कारोबारमा २८ लाख ७० हजार ८१९ कित्ता किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको हो।

कारोबारमा आएका विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved