मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

नेपालभ्युज

मन्त्रीहरुले राजीनामा दिएपनि एमालेको विश्वासको मत मसँग रहिरहन्छ : मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)ले दिएको विश्वासको मत आफूसँग कायमै रहेको बताएका छन् । मंगलवार प्रदेश सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागि भएका मन्त्रीहरुले राजीनामा बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले एमालेको विश्वासको मत आफूसँग कायमै रहेको बताएका हुन् ।

उनले केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा पनि गठबन्धन बनाउनुपर्ने भएकाले एमालेका मन्त्रीहरुलाई आफैँले सहजीकरण गर्न आग्रह गरेको बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री यादवले जनमत पार्टी सरकारमा आउने कि नआउने भन्ने विषयमा हालसम्म कुनै निर्णय नभएको बताए । उनले मधेश प्रदेस सरकारमा आगामी दिनमा पनि आफ्नै नेतृत्व हुने र सरकारमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा समावेश हुने उल्लेख गरे ।

‘केन्द्रको जुन गठबन्धन छ, त्यही अनुसारले प्रदेशमा गठबन्धनको सरकार हुन्छ । त्यो हिसावले मैले नै भनेकि अब सहजीकरण गरिदिनुस् । अनि राजीनामा गर्नुभयो’ उनले भने,  ‘केन्द्रको गठबन्धनमा त जनमत छ नि उहाँहरुले पनि विश्वासको मत दिनुभएको छ प्रधानमन्त्रीलाई । तर उहाँहरु सरकारमा त हुनुहुन्न । त्यो सन्दर्भमा अहिले प्रदेशमा बस्ने नबस्ने कुनै किसिमको सहमति भएर आएको छैन । एमालेका मन्त्रीहरुले राजीनामा दिएपनि उहाँहरुको विश्वासको मत मसँग रहिरहन्छ ‘

उनले नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोसपा पनि सरकारमा आउने र पछिसम्म आफ्नै  नेतृत्व रहने दाबी गरे । एमालेबाट मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाइसकेका छन् । मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा पत्र बुझाएका हुन् । एमाले नेता राजकुमार लेखीले केन्द्रमा राजनीतिक समिकरण फेरिएपछि आफूहरु सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved