उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले दिए उम्मेदवारी

नेपालभ्युज

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले दिए उम्मेदवारी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा आज अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

चैत २८ र २९ मा महासंघमा साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका थिए।

यससँगै दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  यसअघि, चैत १९ गते रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका थिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved