निगमले घटायो डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य

नेपालभ्युज

निगमले घटायो डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको  छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

यसअघि डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम हुने भएको छ ।  हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको  निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ  १.३५० डलर कायम गरिएको छ ।

यस्तै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ भने खाना पकाउने ग्याँसको मूल्य यथावत  प्रतिसिलिण्डर १८ सय रुपैयाँनै कायम गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved