दल वा गुट उपगुटमा अल्झिएर परिवर्तन हुँदैन : पूर्वराजा

नेपालभ्युज

दल वा गुट उपगुटमा अल्झिएर परिवर्तन हुँदैन : पूर्वराजा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर परिवर्तन नहुने बताएका छन्।

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हाम्रो भन्ने भावनाको विकास जरुरी भएको बताए। उनले अहिलेको टालटुले प्रणालीले कुनै खँदिलो परिणाम नदिने पनि बताए।

पूर्वराजा शाहले परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम नदिने दोहोर्‍याए।

‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिँलो परिणाम दिँदैन’अहिलेको अवस्थामा राष्ट्रियताको रक्षा गर्दै राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुपर्ने बेला आएको छ।’

उनले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने भन्दै राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्नेमा जोड दिए ।

सदासर्वदा स्वाधीन रहेको र आफ्नै मौलिख मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको हाम्रो नेपाल हामीलाई सधैँ राम्रो लाग्छ, भन्दै उनले राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अगाध प्रेम फेरि एकपटक प्रकट भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved