नेप्सेमा दोहोरो अंकको गिरावट

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं। कारोबारको  दोस्रो दिन पनि नेप्से सूचक घटेको छ । अघिल्लो दिन २० अंकले घट्दै १८ सय ८८ अंकको विन्दुमा रोकिएको नेप्से सूचक सोमबार थप १६.६७ अंकले घट्दै १८ सय ७१.८८ अंकको विन्दुमा झर्न पुगेको हो ।

आज सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले घट्दै ३५२.७१ अंकमा झर्न पुगेको छ ।

यस्तै, आज कारोबार रकमसमेत ९२ करोड २ लाख ४९ हजार रुपैयाँ मात्र भएको छ । अघिल्लो दिन २० अंकले घटेको बजारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको थियो ।

आज १३ वटा उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved