बारा-२ मा उपेन्द्रको उम्मेदवारी दर्ता

नेपालभ्युज

बारा-२ मा उपेन्द्रको उम्मेदवारी दर्ता

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका नेता कार्यकर्ता र समर्थकहरूसहित बाराको कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन्।

गत मंसिर ४ मा सप्तरी-२ बाट पराजित यादवले बाराको जनताले बोलाएपछि उनीहरूको सम्मानमा चुनाव लड्न आएको बताएका छन्। मनोनयन दर्ता गर्नु अगाडी उनले जनता नै सबैभन्दा माथि हुने भएकाले आफू जनताकै माझमा आएको बताए ।

आफूले चुनाव जित्नेमा ढुक्क रहेको भन्दै उनले जनतामा समेत उत्साह उमंग भरिएको दाबी गरे।

सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवलाई बारामा समेत हराउने भन्दै जनमत पार्टीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको छ। जनमत पार्टीले माओवादी नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर टिकट दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved