दुबई उडान रद्द घटनाबारे छानबिन गर्न निगमले बनायो समिति

नेपालभ्युज

दुबई उडान रद्द घटनाबारे छानबिन गर्न निगमले बनायो समिति

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबईमा १२ घण्टा उडान डिले भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । जहाजमा उपलब्ध हुने इनफ्लाइट खानाले को-पाइलट बिरामी भएको भन्दै उडान डिले हुँदा निगमलाई ठूलो धनराशि घाटा भएको थियो भने यात्रुहरू प्रभावित भएका थिए ।

आइतबार गठित समितिको नेतृत्व निगमका नायब महाप्रबन्धक जनकराज कालाखेती गर्नेछन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार अनुसार समितिमा निगमको न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल सदस्य रहेका छन् ।

यस्तो लापरबाही नदोहोर्‍याउन सुझावसहित शनिबार रातिको घटनाको कारणबारे तीन दिनभित्र कार्यकारी अध्यक्षलाई प्रतिवेदन दिन समितिलाई निर्देशन दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved