प्रिमियर लिग : आर्सनलले लिड्सलाई हरायो, चेल्सी एस्टन भिल्लासँग पराजित

नेपालभ्युज

प्रिमियर लिग : आर्सनलले लिड्सलाई हरायो, चेल्सी एस्टन भिल्लासँग पराजित

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलका फरवार्ड गाब्रिएल जेससले दुई तथा बेन ह्वाइट र ग्रानिट झाँकाले एक/एक गोल गरे । लिड्सका रसमुस क्रिस्टेन्सेनले एक गोल फर्काए । जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अङ्कको अग्रता लिएको छ ।

आर्सनलको २९ खेलमा ७२ अङ्क भएको छ । दोस्रोव स्थानको म्यानचेस्टर सिटीको ६४ अङ्क छ ।

गएराती भएको पहिलो खेलमा सिटीले लिभरपुललाई ४–१ गोलले हराएको थियो । त्यस्तै,चेल्सीलाई एस्टनभिल्लाले २–० गोलले हरायो ।

बर्नमाउथले फुलह्यामलाई तथा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २–१ गोलले हराएको छ । ब्राइटन र ब्रेन्टफोर्डले ३–३ तथा नटिङ्घम फरेस्ट र उल्भ्सले १–१ गोलको बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved