आरआर, पाटन र नेपाल ल क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतको आदेश

नेपालभ्युज

आरआर, पाटन र नेपाल ल क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतको आदेश

काठमाडौं। गत चैत्र ५ गते हुनुपर्ने निर्वाचन नभएको भन्दै काठमाडौं उपत्यकाका तीन ठूला क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन अदालतले आदेश दिएको छ।

काठमाडौंका रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत पाटनले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको स्रोतले जनाएको छ।

स्ववियु निर्वाचन हुन नसकेपछि एमाले निकट अनेरास्ववियुको तर्फबाट विद्यार्थीहरूले उच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन र १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनेको हो ।

आरआर क्याम्पसबाट अनेरास्ववियुबाट सभापतिका उम्मेदवार मदन भण्डारीले रिट दायर गरेका थिए । त्यस्तै, पाटन क्याम्पसबाट स्ववियू सभापतिका उम्मेदवार सुरेश जिसी र नेपाल कमर्स क्याम्पसबाट स्ववियु सचिवका उम्मेदवार दिवस सापकोटाले उच्चमा रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved