खप्तड गोल्डकप : थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश

नेपालभ्युज

खप्तड गोल्डकप : थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश

धनगढी ।  कैलालीको धनगढीमा जारी  मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।  धनगढी रङ्गशालामा आइतबार भएको खेलमा ए डिभिजन क्लब फेण्ड्सलाई पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

फेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाईनल पुगेको हो । खेलको ५९ औं मिनेटमा थ्रीस्टारका लागि दिपेश गुरुङले गरेको गोल नै निर्णायक भयो । निर्णायक गोल गरेका दिपेश नै खेलको म्यान अफ द म्याच भए ।

थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मस्याङदी क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved